काठमाडौं : भारतको गुवाहाटीमा सम्पन्न भएको आसाम क्रिकेटविरुद्धको टी–२० सिरिज नेपाल ‘ए’ले जितेको छ । सोमबार भएको अन्तिम टी–२० मा नेपाल ‘ए’ ले आसामलाई ४४ रनले हराउँदै शृंखला ३–२ ले आफ्नो पक्षमा पारेको हो । नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो ।
आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ तथा साहिल जेन र कप्तान सुमित घडिअन्करले समान २५ रन बनाए । सौरभ दिहिगाले १७ रन बनाए । नेपालका लागि शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २–२ तथा बसिर अहमदले १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाउँदै आसामलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । ३९ बलमा उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन बनाए । आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले २–२ विकेट लिए ।
बिहीबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो । त्यस्ते तेस्रो खेलमा शनिबार ९ रनले नेपाल ए विजयी भएको थियो भने चौथो खेलमा आइतबार आसाम १८ रनले विजयी भएको थियो ।
नेपालका लागि निकै ठुलो अवसर
नेपाल यसै पनि विभिन्न विषयमा प्रभावकारी र सम्पन्न मुलुक बन्न सक्ने निकै ठुलो प्राकृतिक स्रोत साधनहरूले भरिपूर्ण देश हो । जति वेला नेपालले आफ्नो भू भागको स्वामित्व विस्तार गरेको थियो । उतिवेलानै नेपालको सिमाङ्कनको नक्सा निकै गौरवपूर्ण इतिहासका रूपमा कायम थियो । विकास क्रम सँगै दुई वटा निकै ठुला मित्र राष्ट्रहरू जसरी विश्व राजनीतिमा आर्थिक, सामाजिक लगायतका विभिन्न विषयहरूमा सम्पन्न हुँदै गएका छन् तिनै छिमेकहरूले हाम्रा लागि गरेको लगानीको मात्र हिसाब र लगानीको प्रतिफल ल्याउनेगरि प्रभावकारी रूपमा कूटनीतिक पहलहरू सुरु गरिएको भए नेपालका ठुला विकासहरूले केही न केही प्रतिफल दिन सक्ने थिए । नेपाल यसै पनि आर्थिक अवस्था मात्र हैन सबै हिसाबले पछाडि गरेको अल्पविकसित मुलुक हो । विश्व रङ्गमञ्चमा महाशक्ति राष्ट्रको रूपमा आफ्नो क्षेत्र विस्तार गर्दै आएका चीन र अमेरिका अनि दक्षिणी छिमेकको रूपमा रहेको भारत लगायतका देशहरूसँग सुमधुर सम्बन्ध कायम गर्दै प्रभावकारी कूटनीतिक अभियान थालनी गर्नुपर्ने नेपालको आवश्यकता हो ।
यती वेला चीनको भूमिमा विश्वका महाशक्ति राष्ट्रहरूको सम्मेलन चलिरहेको छ । विभिन्न बहु आयामिक विषयहरूमा छलफल चलिरहेको बेलामा विश्वका महाशक्ति राष्ट्रहरूको चीनको भ्रमण विश्व ध्रुवीकरणको सङ्केत हुन्छ वा सबै मिलेर विश्वमै समस्याको रूपमा देखिएको जलवायु परिवर्तन, गरिबी उन्मुलन, ठुला र प्रभावकारी विकासको मोडेलमा छलफल र बहस हुन्छ यो विषय अहिले विश्व राजनीतिमै निकै चासोपूर्वक हेरिएको छ । यही अवसरमा नेपालले समेत आफ्नो गर्भिलो उपस्थिति प्रस्तुत गरेको छ । नेपालका प्रधानमन्त्री, शीर्ष नेताहरू र अन्य मन्त्रीहरूसहितको भ्रमणमा पुगेका के.पी. ओलीले नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र अन्य सीमा विवादका विषयहरूमा कसरी प्रस्तुति देखाएका छन् भन्ने कुरकाका विभिन्न तरिकाबाट चर्चा परिचर्चाहरू सुरु भएका छन् । कतिपय छलफलका क्रममा उनले सिधै नेपाली भूमि अतिक्रमण भएको विषयमा स्पष्ट धारणा राखेको भनेर प्रधानमन्त्रीको प्रशंसा पनि गरिएको छ ।
कतिपयले सामाजिक सञ्जालको दुरुपयोग गरेर अनावश्यक भ्रमहरू सृजना गरेका विषयहरू पनि सँगसँगै चर्चामा चुलिएका छन् । परिस्थिति जे जस्तो होस्, हिजोका दिनमा छिमेकी भारतले अघोषित नाकाबन्दी लगाएका बेलामा निडरताका साथ नाकाबन्दीको सामना सँगै संसद्मा समेत नेपाली भूमि अतिक्रमणका बारेमा कडा रूपमा राष्ट्रियता प्रकट गरेका ओलीले यसपालि पनि अडान कायमै राख्नेछन् र यसको दिगो समाधान हुने छ भन्नेमा नेपालीहरू आशावादी रहेका छन् । डराएर वा सत्ता तलमाथि हुन्छ भन्ने भ्रम मगजमा राखेर हैन कि, जुनसुकै परिस्थितिमा जो सुकै व्यक्ति सत्तामा पुगोस् नेपालको राष्ट्रिय हित, सीमा सुरक्षा, गरिबी निवारण र ठुला विकासमा जुन नेताहरू विचलित भएका छैनन् त्यस्ता नेताहरूले जनताहरूले सत्तामा हुँदा मात्र हैन सत्ता बाहिर हुँदा पनि सम्झने र सम्मान गर्ने भएकोले यसपालिको अवसर नेपालका नेताहरूका लागि मात्र हैन समग्र देशको भौगोलिक सुरक्षा, रक्षा र अखण्डताको विषयमा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति देखाउने महत्त्वपूर्ण अवसर हो यसको सदुपयोग नेपालले भरपुर गर्नुपर्दछ ।








